इलाम प्रहरी खुकरी हानेर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जमुना–१ इङला बस्ने २८ बर्षीय खेम राईलाई प्रहरीले पक्राउ गरेको एसपी सुशिलकुमार यादवले जानकारी दिए।
राईले सोमबार पाँचथर लुङरुपा–४ घर भई जमुनामा काम गरी बस्ने ३९ बर्षीय रण बहादुर राईलाई आफ्नो श्रीमतीलाई जिस्काएको बिषयमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको एसपी यादवले बताए।