काठमाडौंको बालुवाटारस्थित मल्पी कलेजका डिआइ (डिसिप्लेन इन्चार्च) सुदीप गुरुङ पक्राउ परेका छन्। कलेजका विद्यार्थीहरुलाई याताना दिएको भन्दै उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
कलेजभित्रै विद्यार्थीहरुलाई बाजीमा फुटबल लगायतका खेल खेलाउनेजस्ता कार्य लगाई विद्यार्थीहरुको रकम सिध्याउने कार्यमा संलग्न देखिएपछि कलेजबाटै उनलाई पक्राउ गरिएको हो।
उनले विद्यार्थीहरु कपडा, ल्यापटप लगायतका सामान किन्न आग्रह गर्ने र नमाने कुटपीट गर्ने गरेको खुल्न आएको छ। डरले विद्यार्थीहरु कलेज नै जान छाडेपछि अभिभावकले प्रहरीलाई सो जानकारी गराएपछि गुरुङ पक्राउ परेका हुन्।
गुरुङ बालुवाटार क्षेत्रका गुन्डा नाइकेसमेत हुन्। उनी एक पटक जेल परिसकेका छन्।