प्रहरीको गस्ती टोलीले गए राति सिरहाको विष्णुपुरकट्टीबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा विष्णुपुरकट्टी–४ निवासी १९ वर्षीय जीतेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
महतोलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उनले बताए। रासस