बाल यौन दुराचार गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले बुधवार पक्राउ गरेको छ।
भारतको उडिसा राज्य धामनगर थाना नुवापोडा घर भई हाल पोखरा बस्दै आएका अशोक रावलले १० वर्षीय बालकलाई ललाईफकाई यौन दुराचार गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। रासस