सिरहा जिल्लाको गोलबजारमा बिहीबार बिहान पार्किङ गरिराखेको एउटा मोटरसाइकलमा अपरिचित समूहले आगजनी गरेका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
आगजनीबाट स.४प. ९४४१ न. को मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा आगजनी गरेको आशंकामा प्रहरीले सिरहा गोलबजार नगरपालिका-७ का १८ मोहम्मद समिम, सुनील ठाकुर, मोहमद अन्सारी र चन्द्रअयोध्यापुर २ का मोहम्मद इब्राहिमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।