काठमाडौंको चन्द्रागिरी १६ सतुङगलमा प्लाष्टिकको झोलाभित्र नवजात शिशुको शव फेला परेको छ।
खाली जग्गामा रातो कपडाले बेरेर प्लाष्टिकभित्र शिशु राखेर फालिएको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ।
तीन चार महिनाको जस्तो देखिने शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।