कटुवा पेस्तोलसहित प्रहरीले आज बिहान सिरहाको मिर्चैया नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।
मिर्चैया नगरपालिका–१० महेशपुरका मोहम्मद इस्लामलाई आफ्नै घरबाट एकथान कटुवा पेस्तोलसहित पक्राउ गरिएको मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए। रासस