आफ्नै पसलबाट हराएकी १५ महिने बालिकाको शव फेला परेको छ । वीरगन्ज उपमहानगरपालिका–१९ रजतजयन्ती चोकस्थित आफ्नै पसलबाट हराएकी रुपाकुमारी आज पसलभन्दा केही पर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहीबार साझ करिब ६ बजेतिर स्तनपान गराएर पसलसँगै रहेको घरमा सुताएकी छोरीलाई पसल बन्द गरेर राति ९ बजे हेर्दा त्यहा“ नदेखेपछि चारैतिर खोजबिन सुरु गरेकी अनितादेवीले आफ्नो छोरी नभेटेपछि राति नै प्रहरीलाई उजुरी गरेकी थिइन् ।
बालिकाको हत्यामा संलग्न हुन सक्ने सूचनाका आधारमा अनितादेवीका पति सुनिल यादव र पूर्वपति देवेन्द्र यादवलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनिताले देवेन्द्रसँग वैवाहिक सम्बन्धबिच्छेद गरी सुनिलसँग दोस्रो विवाह गरेकी थिइन् । रासस