रोल्पाको थवाङमा २ जनाको हत्या भएको छ। प्रहरीलाई समेत ढिलोगरि प्राप्त खवर अनुसार गत ११ गते राति थवाङ ९ का ३५ वर्षीय वसन्त पुन र उनकी आमा ६० वर्षीया जमानसरी पुनको हत्या भएको हो।
वसन्त पुनका बुबा आसबहादुर पुन पनि गम्भीर घाइते भएका छन। प्रहरीले जनाए अनुसार वसन्त पुनकी श्रीमति तिलाकुमारी पुनले २ जनाको हत्या गरेकी हुन्।
घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। तिलाकुमारी पुनलाई इलाका प्रहरी कार्यालय थवाङले आफ्नो नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय घर्तिगाउवाट अर्काे प्रहरी टोली थप अनुसन्धानका लागि थवाङ हिडेको रोल्पा प्रहरीले बतायो। घटनाको अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप जानकारी दिएको छै्रन।