भीमेश्वर –६ स्थित बुढाभीमसेन मावि धरमघरका एक शिक्षकको कुटाइबाट परीक्षा दिँदै गरेका विद्यार्थी घाइते भएका छन्।
शिक्षक देवेन्द्र खड्काको कुटाइबाट कक्षा १० का सुमन विक घाइते भएका हुन्। विद्यार्थी विकले जनसङ्ख्या तथा वातावरण शिक्षा विषयमा चिट चोरेको भन्दै शिक्षकले कुटपिट गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विकको गाला सुनिएको छ। घाइते विकलार्ई उपचारका लागि चरीकोटस्थित च्छोरोल्पा अस्पतालमा राखिएको छ।
शिक्षक खड्का भने मोबाइलबाट सम्पर्क गर्दा सम्पर्कमा आएनन्। विद्यार्थीले शिक्षक खड्काको क्रियाकलापका विषयमा पटक पटक विद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि नसुनेको बताउँछन्। रासस