ताप्लेजुङको खोक्लिङमा बलात्कारमा आरोपित पुरुषमाथि आक्रमण गर्ने महिलाहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरीका एक असई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले झडपमा घाइते भएका असई सोम श्रेष्ठलाई उपचारका लागि सदरमुकाम ल्याउन लागिएकाे बताएकाे छ। स्थानीय महिलाले ढुंगाले हानेकाले उनकाे टाउकाेमा गम्भीर चाेट लागेकाे छ।
मंगलबार अपरान्ह बलात्कार मुद्धामा हिरासतमा रहेका स्थानीय ब्यक्ति छुटेर बजारमा आएको बेला केही महिलाले उनीमाथि आक्रमण गरेको र छुट्याउन खोज्दा प्रहरीमाथि पनि आक्रमण भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले बताए।
‘एक जना असई घाइते हुनुभएको छ', थापाले भने। प्रहरीले गोली चलाएको बारे आफूलाई जानकारी नभएको उनले बताए।
थापा बलात्कारको मुद्धामा फरार अभियुक्त हुन्। केही दिन अघि उनी आफैं अदालतमा उपस्थित भएपछि जिल्ला अदालत पचास हजार धरौटी लिएर थापालाई तारेखमा रिहा भएका थिए।