साँखुबाट काठमाडाँै आउँदैगरेको बा३ख ५६६७ नंको बसको ठक्करबाट मंगलबार बिहान सिन्धुपाल्चोक मेलम्ची–६का गणेश सापकोटाको मृत्यु भएको छ।
काठमाडाँैबाट साँखु जाँदैगरेको बा७०प ४४५२ नंको मोटरसाइकललाई नयाँ पाटीमा ठक्कर दिँदा त्यसका चालक सापकोटाको घटनास्थलमै मृत्यु भएको थियो।
महानगरीय प्रहरी प्रभाग कार्यालय बौद्धका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार गोकुल सापकोटाको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मृतक गणेश नेपाल तरुण दल मेलम्चीका नगर सभापति हुनुहुन्थ्यो । रासस