महोत्तरीको मटिहानीमा भारतीय सीमा सूरक्षा बल (एसएसबी) को कुटाईबाट महोतरीको मटिहानीमा विद्यार्थी गम्भिर घाइते भएका छन । नेपाल संस्कृत विश्व विधालय अन्तर्गत यालना विद्यापिठ मटिहानीमा उत्तर मध्यमाको दोस्रो वर्षमा अध्ययरत तथा पर्सापतैली गाविस ४ बस्ने अमित शर्मा एसएसबीको कुटाइबाट गम्भिर घाईते भएक हुन ।
भारत बिहारको मधुबनी जिल्लाको मधवापुर बजारबाट आफनी दिदीको विवाहको लागि पाँच थान साडी लिएर आउँदै गर्दा मटिहानी गाविस ७ स्थित नेपाल भारतको २ नं.बोर्डरमा एसएसबीले उनलाई कुटपिट गरी गंभिर घाईते बनाएका छन् । एसएसबीहरुले लट्ठीले कुटेर पिठ्यु तथा शरीरको अन्य भागमा कुटपीट गरी घाईते बनाएका थिए । चोट लागेर गंभिर घाईते भएका शर्माको उपचार भारतको मधवापुर स्थित डा.एस.पी. ठाकुरको क्लिनिकमा भइरहेको छ भने उनको अवस्था चिन्ताजनक रहेको छ ।