उपप्रधानमन्त्री कमल थापासँग विभिन्न बैंकमा गरी आठ लाख पाँच हजार रुपैयाँ नगद रहेको छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यही माघ २८ गते बुझाएको आफ्नो सम्पत्ति विवरणमा काठमाडौँमा ११ आनाको पैतृक जग्गा र पत्नी प्रलिताका नाममा स्थायी निवास रहेको मकवानपुरमा स्वआर्जनको पाँच कठ्ठा रहेको उल्लेख छ।
त्यस्तै उनको सुनको गहना १ सय १० र चाँदीका सामान ३ सय तोला छ । दुवै पैतृक र स्वआर्जन गरी कमाएको बताइएको उल्लेख छ। उपप्रधानमन्त्री थापाको सवारी साधनमा १८ लाख पर्ने ल्यान्डक्रुजर गाडी र २७ लाखको फियर कार छन्।
अर्थराज्यमन्त्रीको पाँच तोला सुन
त्यस्तै अर्थराज्यमन्त्री दामोदर भण्डारीकी श्रीमती कवितासँग पाँच तोला सुन रहेको तथा उनको दुई बैंकमा गरी चार लाख ७० हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ। रासस