बंग्लादेशमा भइरहेको यु-१९ विश्वकपमा सातौं स्थानका लागि भएको खेलमा नेपाल नामिबियासँग १५ रनले पराजित भएको छ।
२२६ रनको लक्ष्य पछ्याको नेपाल ४४ ओभर २ बलमा २१० रन बनाएर अलआउट भयो।
नेपालका लागि प्रेम तामाङले ३२, दिपेन्द्र सिंह ऐरीले ३१, योगेन्द्र सिंह कार्कीले ३५ तथा आरिफ शेखले ३० रनको महत्वपूर्ण योगदान गरे। सुरुवाती ब्याट्सम्यान सुनिल धमलाले अर्धशतक पुरा गर्दै ५९ रनको योगदान गरे पनि नेपालले जित हात पार्न सकेन।
टस जितेर ब्याटिङ रोजेको नामिबियाले नेपाललाई २२६ रनको चुनौति दिएको थियो।