सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको पराकम्पन गएको छ। बुधवार राति १० बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोकको सेलाङ र स्याउले बजारवीच क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पको पराम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
गत वैशाख १२ मा गोरखालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन।
अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ४ सय २८ वटा पराम्पन गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ।