नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री भारतको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार अपरान्ह स्वदेश फिर्ता भएका छन्।
भारतका स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणा तथा नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रधान सेनापति क्षत्री माघ १८ गते भारत प्रस्थान गएका थिए।
भ्रमणको क्रममा उनलाई राष्ट्रपति भवनमा आयोजित एक बिशेष समारोह भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका थिए।