अमेरिकामा सन् २०१६को जनवरी महिनामा डेढ लाख भन्दा बढी नयाँ रोजगारी सिर्जना भएको तथ्य सार्वजनिक भएको छ। अमेरिकी सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार जनवरी महिनामा अमेरिकामा १ लाख ५१ हजार नयाँ रोजगारी थपिएका छन्।
नयाँ रोजगारी थपिएसँगै अमेरिकामा बेरोजगारी दर ४.९ प्रतिशतमा झरेको छ।