कालिकोटको जिल्ला कारागारमा कारागार जीवन बिताइरहेका बाजुरा गोत्री गाविस–३ का छक्के सार्कीको मृत्यु भएको छ।
पेट दुखेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा सोमबार बिहान उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
कर्तव्य ज्यानमा जेल चलान भएका सार्की चार वर्षअघि नानीकोट गाविसका तुल टमटाको हत्या अभियोगमा जिल्ला कारागार कारावास जीवन बिताइरहेका थिए।
कैदीहरुले कारागार प्रमुख मनोज भण्डारीले सार्की बिरामी हुँदा पनि उपचार नगर्दा मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारलाई राहत, कारागार प्रमुखको सरुवा तथा कारबाहीको माग राख्दै नाराबाजीसहित मूलढोकामा तालाबन्दी गरेका छन्। रासस