सप्तरीको कोलाडीबाट हतियारसहित एकजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले सकरपुरा गाविस–९ निवासी ३२ वर्षीय दिनेश मुखियालार्इ हिजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले बताए।
पक्राउ परेका मुखियाको साथबाट एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको छ। पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस