‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राजधानीसहित विश्वभर आज तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ।
जनवरी १ तारिक पारेर शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा युवाहरू भेला भए। युवा-युवतीहरूले नेपाली ढाका टोपी लगाएर ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्दै प्ले-कार्ड बोकेर प्रदर्शन गरेक छन्।
सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुले ‘हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘नेपाली म, नेपाली पन, राष्ट्रिय पोशाक जगेर्ना’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
हेर्नुहोस् तस्विर
रमा




