वन, वनस्पति, वन्यजन्तु र जैविध विविधताको संरक्षण अभियानलाई सहज पार्न नेपाली सेनाको धुन्चेस्थित जाँच परीक्षण केन्द्रमा सिसी टिभी जडान गरिएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आधुनिक उपकरणको सहायताले अवैध धन्दामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई संरक्षण कार्य प्रभावकारी तुल्याउने उद्देश्यले प्रदान गरिएको सिसी टिभी जडान गरिएको हो।
निकुञ्जको संरक्षण कार्यमा सहकार्य गर्दै आएको मध्यवर्ती सहयोग आयोजना डब्लुडब्लुएफको सहयोगमा सिसी टिभीको अतिरिक्त क्यामरा दुई, सर्चटच चार, माउन्टेन साइकल पाँच, जिपिएस तीन, परीक्षण यन्त्र एक र ट्राफिक लाइट तीन थान सुरक्षामा तैनाथ नेपाली सेना नारायण दल गणलाई हस्तान्तरण गरिएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ। रासस