राष्ट्रपतिको प्रवेशसँगै जनकपुरको जानकी मन्दिर अछुत भएको भन्दै 'चोख्याउने' एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । स्थानीय ३५ वर्षीया शिलादेवीलाई नियन्त्रणमा लिइएको एसपी रामदत्त जोशीले जानकारी दिए ।
यही पुस १ गते राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर मन्दिरमा पूजाआजा गर्दा अछुत भएको भन्दै उनीहरुले गंगाजल छर्केर मन्दिर चोख्याएको अभिव्यक्ति दिएका दिए । मन्दिर चोख्याउने अभियानको मुख्य योजनाकार शिलादेवी रहेको र ३ जना फरार रहेको एसपी जोशीले बताए ।
जिल्ला अदालत धनुषाले पनि शिलादेवीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भनेको छ । प्राचिन स्मारक संरक्षण ऐन अनुसार उनलाई अदालतले म्याद थप गरेको हो ।