दाङमा गएराति एक युवकको हत्या भएको छ। तुलसीपुर नगरपालिका वडा नं.–१८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गए राति हत्या भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाइले चौधरीको धारिलो हतियार प्रयोग गरि हत्या भएको जानकारी दिए। शनिबार राति मध्य रातमा तुलसीपुर –१८ क्वाङ्गी निवासी चौधरी काम गरेर फर्कदै गरेको अवस्थामा अज्ञात समुह वा व्यक्तिले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। चौधरीको घरदेखि चार सय मिटरको दुरीमा उनक शव फेला परेको थियो । प्रहरीले घटनावारे अनुसन्धान भइरहेको बताएको छ।