सप्तरीको भारदहमा यात्रु ओराल्ने क्रममा रोकी राखेको ना५ख ४०४० नम्बरको बसमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १६७७ नम्बरको बस पछाडिबाट ठोक्किँदा सो बसमा सवार एक दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
समान्य घाइतेको सुनसरीको इटहरीस्थित सामुदायिक अस्पताल र गम्भीर घाइतेलाई तीन जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस