वीरगन्जका विद्यार्थीले शनिबार प्रर्दशन गरेका छन्। प्याब्सन र एनप्याब्सनको अगुवाइमा भएको कार्यक्रममा विद्यार्थीहरुले पाउने सुविधा भन्दा पनि मधेसी मोर्चाले गरिरहेको आन्दोलनको समर्थन गर्दै वीरगन्जमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। वीरगन्जको घण्टाघरबाट सुरुभएको विद्यार्थीहरुको जुलुसले शहरका विभिन्न भागको परिक्रमा गरेको थियो। प्याब्सन र एनप्याब्सनले काठमाडौंमा गरेको मानब साङ्लो कार्यक्रमपछि वीरगन्जका नीजि विद्यालयहरुले र्याली निकाली मधेस आन्दोलनको समर्थन गरेको एनप्याब्सन पर्साका अध्यक्ष रामसुन्दर चौधरीले बताए।
विद्यार्थी एवं शिक्षकहरुले सहिद अमर रहून्, मानव अधिकारको रक्षा होस, मधेशको मागं सम्बोधन होस जस्ता प्लेकार्ड लिएर प्रदर्शन गरिएको थियो। नेशनल प्याब्सन पर्साका पुर्व अध्यक्ष एव केन्द्रीय सदस्य नन्दन यादवले मधेश आन्दोलनको क्रममा भएको मानब अधिकारको उल्लघन जस्ता निन्दीय घटनाको विरोध गर्नुको साथ मधेशको मागको सम्बोधनका लागि पनि सरकारसँग आफूहरुको माग रहेको बताए। माग अबिलम्ब पुरा नगरिए अझ शसक्त रुपमा आन्दोलन गर्ने यादवको भनाइ रहेको थियो।