काठमाडौंस्थित भारतीय दूतावासले लाजिम्पाटमा आफूहरुको सवारी साधनमा आफैँ आगो लागेको दाबी गरेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले आगलागीको जिम्मा लिएपनि दूतावासले भने टेक्निकल समस्याका कारण गाडीमा आगो लागेको दाबी गरेको छ ।
यसैबीच काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी विश्वराज पोखरेलले पनि गाडीमा आफैँ आगो लागेको बताए। उनले प्रत्यक्षदर्शी र दूतावाससँग पनि यस विषयमा छलफल भएको बताए। विप्लव नेतृत्वको नेकपा माओवादीले आगलागीको जिम्मा लिएको समाचार झुठो भएको उनले दाबी गरे । विप्लव नेतृत्वको नेकपा माओवादीले भोलि नेपाल बन्द आब्हान गरेको छ। बन्द सफल बनाउन उसले आगलागीको जिम्मा लिएको प्रहरीको ठम्याइ छ ।