सम्बन्धित निकायले बेवास्ता गरेपछि उपचारमा समस्या परेको हो । दुर्घटनामा पृथ्वीबहादुर खड्का, अजय विक, विष्णु थापा र लालबहादुर थापा गम्भीर घाइते भएका थिए भने अरु सामान्य घाइते भएका थिए। घाइतेको भारतीय सरकार र गाडी मालिकले उपचारको व्यवस्था नगरिदिएपछि नेपालगन्ज ल्याइएको छ। घाइते पृथ्वीबहादुरको मेरुदण्ड नै भाँचिएकाले उनलाई थप उपचारका लागि काठमाडांँै वा लखनौ लैजान चिकित्सकले सल्लाह दिएकामा अर्थ अभावले समस्या परेको स्थानीयवासी उदय थापाले बताए।
उनन्तीस जनाको समूहमा रहेका एकै गाउँका युवा गाडी लिई फर्कंने क्रममा गत कात्तिक २५ गते दुर्घटनामा परेका थिए। दुर्घटनामा परी गाडी चालकसहित ढिमे– १ दमदालाका दीर्घराज शाही र सरस्वती विकको ज्यान गएको थियो भने उपचारका क्रममा नेपालगन्जमा ईश्वरी थापाको ज्यान गएको थियो।
तिहार मान्न घर आउन थालेकामध्ये तीन जनाको मृत्यु भएको र अरु घाइते भएकाले उक्त गाउँ शोकमा डुबेको छ। दुर्घटनामा परेका परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको बताइएको छ।रासस