औषधिको अभावसँगै बिरामीको सहज उपचारमा समस्या सिर्जना भएको सेती अञ्चल अस्पताल आकष्मिक कक्षका प्रमुख कृष्ण बोहराले बताए।
सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका अधिकांस औषधिसमेत स्वास्थ्य संस्थाहरुमा सकिएको बताइएको छ।
आफ्नो उमेरमा बेला बखत अन्य बस्तुको अभाव देखेको भएपनि औषधि अभावको समस्या कहिल्यै झेल्नु नपरेको शुक्रवार स्थानीय पसलवाट औषधि नपाएर फर्किदै गरेका स्थानीय चेतराज भट्टले गुनासो सुनाए।
औषधिको बिक्रेता साझा स्वास्थ्य सेवा धनगढीका प्रमुख उपेन्द्र हुमागार्इँले रक्त चाप, मधुमेह, नसा, र ईमर्जेन्सिलगायतका जीवन रक्षक औषधि सकिएको बताए।
‘अहिलेसम्म जहाँबाट सकिन्छ त्यहाँबाट ल्याएर औषधि बिक्री बितरण गथ्र्यौं, हुमागार्इँले भन्नुभयो, केही दिनदेखि भने औषधि सकिदा समस्या भएको छ ।‘
सुदूरपश्चिममा साझा स्वास्थ्य सेवाले मात्रै वार्षिक रु चार करोडभन्दा बढीको औषधि बिक्री गर्ने गरेको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले अभाव भएका औषधिको सूचि उपलब्ध गराई दिन शुक्रबार औषधि व्यवसायी सङ्घ कैलालीसँग आग्रह गरेको छ। रासस