बिहान ६ः३० बजेतिर इटहरीबाट विराटनगर आउँदै गरेको ना२ख ७२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रिक्सालाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा रिक्सा चालक मोरङ हात्तीमुडा–८ का ४५ वर्षीय लत्रु माझीको मृत्यु भएकोे प्रहरीले बताएको छ। सोही रिक्सामा सवार मृतककी श्रीमती अन्दाजी ३५ वर्षीया मुन्टीदेवी माझी गम्भीर घाइते भएकी छिन्।
ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेका छन्। रासस