अमेरिकाको क्लोराडो राज्यमा शुक्रबार बन्दुकधारीले गोली हानी तीन जनाको हत्या गरेका छन्। एउटा एर्बोसन क्लिनिकमा भएको सो आक्रमणमा ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा एकजना प्रहरी र दुई hgf सर्वसाधारण रहेका छन्।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा केहीलाई नियन्त्रणमा लिएको छ। गोली कसले हानेको हो भन्ने पुष्टि भइसकेको छैन।