काठमाडौं प्रहरी परिसरले ८ दिनमा ४ हजार ६ सय ८० लिटर पेट्रोल कालोबजारी गरेको अवस्थामा बरामद गरेको छ ।
साथै त्यसमा सम्लग्न १७ जनालाई पक्राउ गरिएको एसपी विश्वराज पोखरेलले जानकारी दिए । मंसिर १ गतेदेखि आजसम्ममा ५ सय ५० लिटर डिजेल पनि बरामद गरिएको उनले बताए । साथै प्रहरीले कालोबजारी गर्दै गरेको २२ वटा ग्यास सिलिण्डर पनि बरामद गरेको छ ।