नुवाकोट र गोरखालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ५ बजे नुवाकोट केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो। यस्तै अहिले केहीबेर अघि गोरखालाई केन्द्र बनाएर अर्को भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्का राजधानीमा पनि महसुस गरिएको थियो।
साँझ ६ बजेर ६ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर गएको अर्को भूकम्प ४.४ रेक्टर स्केलको रहेको मापन केन्द्रले जनाएको छ।
गत वैशाख १२ गते पछि ४ सय भन्दा बढी ४ रेक्टर माथिका भूकम्पका धक्काहरू गएका छन्।