स्थानीय रानीबारीमा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ।
सिन्धुपाल्चोक कल्पवृक्ष–७ घर भई हाल रानीबारी त्रिदेवी मार्गमा अनिल पोडेका घरमा बस्दै आएकी ३५ वर्षीया उर्मिला मैनालीको शव फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक अमर कार्कीले जानकारी दिए।
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। रासस