दशैमा मामा घर गएको अवस्थामा भरुवा बन्दुक खेलाउने क्रममा बन्दुक पड्कन जाँदा देवानटार–७ बस्ने जस बहादुर राईको १० बर्षीय छोरा राजाराम राईको मृत्यु भएको छ ।
रानिवास–३ दितेनीस्थित मामाघर गएको अवस्थामा मृतकका दाजु १४ बर्षीय भरत राईले मामाघरमा रहेको भरुवा बन्दुक खेलाउने क्रममा विहीबार बन्दुक पड्कन गएर लाग्दा राजारामको घटनास्थलमै मृत्यु भएको थियो ।
भरत राईलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।