काठमाडौंको तारकेश्वरमा १० वर्षीय मन्दिप घिमिरेलाई हत्या गरी फाल्ने एक जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । नुवाकोट ओखरपौवा घर भइ तारकेश्वरमा मामाको घरमा बस्ने मन्दिप घिमिरेलाई हत्या गर्ने नातामा काका पर्ने शिवहरी घिमिरेलाई प्रहरीले पक्राउ गरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
शिवहरीले गत भदौ २० गते दिउँसो साढे २ बजे सन्दीपलाई मारेर स्थानीय रामहरी गजुरेलको मकैबारीमा फालेका थिए । शिवहरीले मन्दिपलाई उनलै नै लगाएको टिर्सटले हात खुट्टा एकै स्थानमा बाँधि, घाँटी र मुखमा समेत कसी मारेको प्रहरीले जनाएको छ । अंश विवादका कारण मन्दिपको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको खनालले बताए ।
वैशाख १२ गते गएको भुकम्प पश्चात् मन्दीकी आमा भगवती घिमिरे अस्थायी टहरा बनाई बस्नको लागी ओखरपौवा जाँदा शिवहरी घिमिरे र बैकुण्ठ घिमिरेले टहरा बनाउन नदिएकोले उनीहरु बिचमा निकै भनाभन भएको थियो । भाउजु भगवतीसँग झगडा हुँदा मन्दिप घिमिरे पनि सँगै रहेको र मन्दिपले आफु ठुलो भएपछि बदला लिएर छाड्नेू कुरा गरेकोले जग्गाको विवाद नमिल्ने देखेपछि मन्दिपलाई आफूले मारेको उनले प्रहरी समक्ष भनेका छन् ।
शिवहरीको पनि काकाको सोही बखत मृत्यु भएको र सो दिन काकाको घरमा नगएपछि प्रहरीले उनीमाथि निगरानी गर्दै अनुसन्धान गरेको थियो ।