संसारमा नेपालको नाम चिनाएका चन्द्रवहादुर डाँगी बुधवारदेखि इतिहास वनेका छन्। अन्तिम संस्कारपछि उब उप्रान्त उनको भौतिक शरीर समाप्त भएको छ। तर उनले विश्वमा होचो मान्छेका रेकर्ड दर्ज गराएको इतिहास भने कालान्तर सम्म जिवित रहने छ।
विश्वकै होचा मान्छे चन्द्रबहादुर डाँगीको ३२ दिनपछि उनकै जन्मथलोमा अन्त्यष्टि गरिएको हो। सल्यान कालिमाटी, टाट्कीस्थित सारदा नदीमा बुधबार उनको अन्त्यष्टि गरिएको छ।
बुधबार बिहानैदेखि गाउँमा उनका छिमेकी तथा साथी भाईहरु उनको मलामीका लागि कुरिरहेका थिए। त्यहीँ पुगेर नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, सचवि गजेन्द्र वोहोरा, पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, सल्लाहकार सविन प्रियाशन, पत्रकारको टोलीले पनि राष्ट्रिय झन्डा ओढाएर चन्द्रबहादुरलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।
सानैमा बाबुआमा बितेपछि उनलाई हुर्काएकी उनकी भाउजु पनि त्यहीँ पुगेकी थिइन्। जिउँदो हुँदा विश्वमा नेपालको नाम चिनाएपनि उनको अन्त्यष्टिमा राज्यका तर्फबाट कोही पनि नआएपछि छिमेकी भने आक्रोशित थिए। ‘बाँच्दासम्म देशको नाम संसारभरि फैलाए मरेपछि सबैले हेला गरे मरेपछि पनि एक महिनासम्म लाशै ल्याइदिएनन्' स्थानीय गोपाल बुढाले भने।
सबैजसो गाउँले उनको मलामी गएका थिए। बालबालिकादेखि बृद्ध, महिला सबै उनको अन्त्यष्टिमा घाटसम्मै लामवद्ध थिए। २०६८ सालमा विश्वकै होचा मान्छेको रुपमा गिनिज बुकमा नाम लेखाएका उनी दाङको पुरन्धारा ९ रिमखोलीमा बस्दै आएका थिए। तर, उनको जन्मथलो सल्यान कालिमाटी भएका कारण उनको अन्त्यष्टि पनि सोही ठाउँमा गरिएको थियो।
विश्वभ्रमणका क्रममा बिरामी परेपछि अमेरिकी टापु सामुआस्थित एक अस्पतालमा भर्ना गरिएका उनको गत भदौ १८ गते मृत्यु भएको थियो। त्यसको ३२ दिनपछि उनको शब आफ्नै जन्मथलोमा ल्याइपुर्याइएको हो।
मंगलबार सरकारले पनि उनलाई राधजानीमा राष्ट्रिय सम्मानका साथ झन्डा ओढाएर सम्मान गरेको थियो। सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारका तर्फबाट ओढाएको झन्डासहितको उनको अब अन्त्यष्टिको लागि घाटमा पुर्याइएको थियो।
गत बैशाखमा उनलाई अमेरिकाको एउटा सर्कसले उनलाई अमेरिका पुर्याएको थियो। तर, अस्पतालमा उनको मृत्यु भएपछि अस्पताल खर्च र उनको भतिजा दोलखबहादुरको भीसा प्रक्रिया नमिल्दा उनको शब एक महिनासम्म अमेरिकामै अलपत्र थियो। त्यहाँका नेपालीहरुको पहलमा केही पैसा सर्कसले दिएपछि उनको अब नेपाल आइपुगेको हो।
संसारकै होचो मानिस(१.९ फिट, ५४.६ सेमी)को रुपमा गिनिज वर्ल्ड रेकर्डमा ३ वर्षअघि नाम लेखाएका उनी ७६ वर्षका थिए। डाँगी दाङ पुरन्धारा गाविस ९ रिमखोली निवासी हुन्। यो जिल्लाकै बिकट गाउँ हो। २०६८ सालमा गिनिज बुकमा नाम लेखाएपछि पनि उनले आफ्नो इच्छा ‘संसार घुम्ने' भएको बताएका थिए। र, जीवनको अन्तिम प्रहरमा पनि उनी अमेरिका नै पुगे। सर्कसमा आफ्ना सहयोगी भतिजा दोलखबहादुरसँगै अनुबन्धित भएका उनको त्यहीँ निधन भएको थियो।
‘तर अन्तिम बेलामा मलाई जन्मेकै ठाउँमा लगेर जलाउनु भन्नुभएको थियो' उनका भतिजा दोलखले भने। काकाको अन्तिम इच्छा पुरा गरे जस्तो लाग्यो। दोलखले भने ‘अमेरीकामै सवको अन्तेष्टिगर्न धेरैको सल्लाह आएको थियो। तर काकाको जहाँ मरेपनि मलाई आफ्नै ठाउँमा ल्याएर जलाउनु भन्ने थियो। त्यो उहाँको इच्छा पुरा गर्नकै लागि मै ले भतिजाको कतर्व्य पुरा गरे भन्ने लागेको छ। उहाँको आत्माले शान्ति पावस।' यति भन्दा भन्दै उनका आँशु भरिसकेका थिए। त्यसपछि उनले भने ‘ होचो मान्छेको नामवाट विश्वमै नेपाललाई अग्लो वनाएर उहाँ जानु भएको छ।' हाम्रो (नेपाल)कालागि अग्लो सगरमाथाको सान जस्तै उहाँ हुनुहुन्थ्यो। त्यो जिवत रहोस।
दालेखले गलाअवरुद्ध पार्दै थपे ‘ अमेरीकावाट सव यहाँ सम्म ल्याउन कम्ता दुख्ख खेप्नु परेन तर , राज्यले सामान्य नागरिकलाई जस्तो व्यवहार पनि देखाएन। ' केहि वेरपछिको हिक्किपछि दोलखले भने ‘उहाँको नाम चन्द्र भएझै हाम्रो लागि चन्द्रमा जस्तै नेपाली आँकासमा इतिहास रचेर जानु भएको छ। म यसैमा गौरावन्वित छु।'