मदिरा सेवन गरी झगडा सुरू गरेका झापाका एक युवाले श्रीमतिको कुटेर हत्या गरेका छन्। शुक्रबार राति सामान्य घरायसी विवाद हुँदा वाहुण्डागी ३ बस्ने सुनिल उराउले ३५ वर्षीय श्रीमति चिन्द्र उराउ लाई कुटपिट गरि गम्भीर घाईते बनाएका थिए। घाईते उराउको स्थानीय धुलावारीस्थित आम्दा अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।
श्रीमतिको कुटेर हत्या गर्ने उराउलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले नियन्त्रणमा लिएको छ। उराउले श्रीमतिमाथि कुटपिट गरी घाईते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलाएका छन्। यस सम्बन्धी प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।