विगत ४८ दिनदेखि जारी मधेश आन्दोलनको कारण विचल्लीमा परेका मजदुरहरुको लागि वीरगंजको माईस्थानमा निःशुल्क खाना खुवाउने अभियान संचालन भएको छ।
अभियान अन्तर्गत आजबाट पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघले ३ दिनसम्म दैनिक ३ हजार भन्दा बढी मजदुर तथा गरिब र विचल्लीमा परेका व्यक्तिहरुलाई खाना खुवाउने संघका अध्यक्ष शंकरप्रसाद कुशवाहाले जानकारी दिए।
पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघले विचल्लीमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान संचालन गरेपछि विशेष गरी मजदुर, रिक्सा, ठेला चालकहरू विचल्लीमा परेका यात्रु तथा व्यक्तिहरु लाभान्वित भएका छन्।