नेपाल आयल निगमले नेपाल आउने जहाजलाई इन्धनको व्यवस्था आफै गर्न आग्रह गरेको छ। भारतले नेपालमा अघोषित रुपमा नाकाबन्दी गरेपछि हवाई इन्धन आपुर्तिमा समस्या भएको भन्दै निगमले यस्तो आग्रह गरेको हो।
निगम प्रवक्ता दीपक बरालका अनुसार छोटो दुरीबाट आउने/जाने जहाजले अब सबै इन्धनको व्यवस्था गर्नुपर्ने छ भने लामो दुरीका जहाजका लागि निगमले केही मात्रामा हवाइ इन्धन उपलब्ध गराउने छ।
निगमले लामा दुरीका जहाजका लागि नजिकको मिल्ने स्थानमा इन्धनको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ।