साउदी अरबमा हजको व्यवस्थापनको जिम्मा पाएको हज कमिटीको कारण हजका लागि आवेदन भरेका नेपाली मुस्लिम समुदायका मानिसहरुमध्ये चारसय भन्दा व्यक्तिहरु अन्यायमा परेको भन्दै मुस्लिम समुदायका नागरिकहरुले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्।
मुस्लिम समुदायका प्रतिनिधि एवम स्वतन्त्र सभासद अतहर कमाल मुसलमानका अनुसार, हजका लागि आवेदन दिएका १४ सय १६ नागरिकमध्ये हज कमिटिले एक हजारका लागि मात्रै स्वीकृत गर्दै बाँकी तिर्थालुलाई अन्याय गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र दिएका हुन्।
सभासद मुसलमानका अनुसार, साउदी सरकारले शुरुमा हजार जनाका लागि स्वीकृत गरेपछि पछिल्लो समय बाँकी रहेका सबै व्यक्तिहरुलका लागि पनि स्वीकृत दिएको अवस्थामा हज कमिटीले प्रक्रिया नपुर्याइ अनियमित ढंगले छनोट गर्दा आफ्नो घरजग्गा बेचविखन गरी तयारीमा बसेका व्यक्तिहरु अन्यायमा परेका छन्।