झापाका बिभीन्न स्थानमा गएराति सकेट बम बिस्फोट भएको छ। बिष्फोट बाट तिन प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ। प्रहरीका अनुसार सुरुङ्गा , दमक र खजुरगाछिस्थित ईसाई धर्मालम्बीका चर्चमा बम बिस्फोट भएको हो।
तीनै स्थानमा प्रहरीले हिन्दु मोर्चा नेपालको हस्ताक्षररहित पर्चा बरामद गरेको छ। प्रहरीका अनुसार घटनास्थल वरपर फेला परेका पर्चाका आधारमा पनि योजनावद्ध ढंगबाट चर्चमा बिस्फोट गराउने प्रयास भएको छ।
झापाको सुरुङ्गास्थित इलाका प्रहरी चौकीमा बिहान सकेट बम बिष्फोट हुँदा तीन प्रहरी घाईते भएका छन्। ईलाका प्रहरी कार्यलय सुरुङ्गामा कार्यरत प्रहरी साहायक निरीक्षक वेदनारायण यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाईते भएका हुन्। घाईते प्रहरीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बिर्तामोड का प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। घाईते मध्ये यादवको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
कनकाई नगरपालीका ३ स्थीत स्वतन्त्र बव्पीस चर्जमा फेला परेको बम बरामद गरेर ईलाका प्रहरी कार्यलय सुरुङ्गा लैजादै गरेका प्रहरीको हातैमा बम विस्फोट भएको स्थानीय प्रत्यक्षदर्सी बसन्त घिसीङले बताए। चर्जमा फेलापरेको बम सकेट बम भएको प्रहरीले पुष्टी गरेको छ। ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट करिव २ सय मिटर पस्चिम सो चर्ज नजिकै आज बिहान बम रहेको स्थानीयले थाहा पाएपछि उनीहरुले प्रहरीमा खवर गरेका थिए।
यता झापाकै अर्को शहर दमकमा पनि २ वटा सकेट बम बिस्फोट भएको छ। दमक १० स्थीत ज्योति चर्चमा बम बिष्फोट भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बम बिस्फोट बाट चर्चको मुल द्धार र भवनको झ्याल ढोकाका सिसा फुटेका छन्। सो घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
यस्तै झापाको पश्चिम दक्षीण खजुर गाछिको ईण्डाइनियल वेछल्याड चर्चमा पनि गएराति बम विस्फोट भएको छ। बिस्फोटबाट भवनमा जडित सीसामा क्षति भएको प्रहरीले जनाएको छ।