ललितपुरको बडिखेलमा आफ्नै बहिनी ज्वाई र भान्जाभान्जी गरी ५ जना मार्नेलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । चन्द्रबहादुर पहरीलाई जिल्ला अदालतले पुपक्र्षका लागि थुनामा पठाउने आदेश दिएको डिएसपी किसनसिंह बस्नेतले जानकारी दिए ।
पहरीले २०६० साल असोज १६ गते बडिखेल ६स्थित आफ्नै घरमा सुतिरहेका ज्वाइ भानु नगरकोटी, बहिनी धनकुमारी भान्जा रविन्द्र र भान्जीहरु टुकुली र लुरीको हत्या गरेका थिए ।
उनलाई भदौ ३ गते पक्राउ गरिएको थियो । आफ्नो श्रीमतीसँग ज्वाइँ भानुको सम्बन्ध रहेको र अन्य पारिवारिक कलहका कारण पहरीले उनीहरुको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।