दाङको ववई नदिमा नुहाउने क्रममा आज (सोमवार) दिउँसो डुवेर शसत्र प्रहरीका सईको मृत्यु भएको छ। साविक टरिगाउँ –५ गौरीगाउँ तथा हाल तुलसीपुर नगरपालिका –१३ निवासी सशस्त्र प्रहरीका सई मेघराज बुढाथोकीको नुहाउने क्रममा डुवेर मृत्यु भएको अस्थाई प्रहरी पोष्ट दमारगाउँका प्रहरी सहायक निरक्षक रघुवीर नाथले सेतोपाटीलाई जानकारी दिए।
५ जना साथीहरु सँगै नुहाउन पुगेका उनलेका फूलवारी –५ ढकना स्थित ववई नदिमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ। अन्दाजी २५ वर्षका वुढाथोकी हाल काठमान्डौमा कार्यरत भएपनि हालसालै वाँकेको कोहलपुर सरूवा भएको उनका साथीहरुले बताएका छन्।
विदाको समयमा घरमा आएका उनी साथिहरु संगै नुहाउन बबईमा पसेका थिए। तर उनी पौडीखेल्ने क्रममा गहिरो ठाउँमा पुगेकोले डुब्न पुगेको उनका साथिहरुले बताएका छन्।