जापानी पर्यटकलाई बलात्कार गरेको अभियोगमा तीन भारतीय नागरिकलाई २० वर्षको सजाय तोकिएको छ। उनीहरुले राजस्थानको प्रान्तीय राजधानी जयपुरमा भ्रमणको सिलसिलामा पुगेकी जापानी २०–बर्षीया महिलालाई उनको पथ प्रदर्शक बन्ने बहानामा सहर नजिकैको एक गाउँमा लगी बलात्कार गरेको अदालतको ठहर छ।
सजाय पाएका सबै भारतीय २० देखि २४ वर्षका युवक भएको र उनीहरुले एकान्तमा जापानी महिलालाई लगी बलात्कार गरी भागेका थिए।
स्थानीयले पीडित पर्यटक कराएको सुनेपछि प्रहरीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको थियो । रासस/एपी