चिकित्सा क्षेत्रमा देखिएको विकृतिको विरूद्धमा छैठौं पटक अनसनमा बसेका डा. गोविन्द केसीले उधारो सम्झौता आफूलाई मान्य नहुने बताएका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले विगतमा झै सम्झौता मात्र नभएर सम्झौताका बुँदाहरू कार्यान्वयनको सुनिश्चितता भएपछि मात्र आन्दोलन टुंगिने बताएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्,‘ अहिले यहाँहरूले राज्यलाई पारदर्शी हुन बाध्य पारेर आन्दोलनका लागि जुन योगदान पुर्याइरहनुभएको छ आन्दोलन टुंगोमा नपुगुन्जेल त्यो सहयोग गरिरहनुहुनेछ र त्यस्तै योगदान अनशनपछि पनि चलिरहने फरक ढंगले लडाइँमा सबै पक्षबाट रहिरहनेछ भन्ने अपेक्षा राखेको छु।’
हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ