पत्रिकामा भ्रमपूर्ण विज्ञापन प्रकाशित गरी रोजगारका लागि आवेदन गर्नेहरुबाट रकम ठगी गर्ने पुतली सडकमा रहेको अथेन्टीक एजुकेशन इन्स्टिच्युटका सञ्चालक मोहन ढकाललाई पक्राउ गरेको छ।
भरतले पत्रिकामा विज्ञापन प्रकाशित गरी डेनमार्क पठाइदिने नाममा मोरङको दर्वेसाका र भरत भट्टराईबाट करिब एक लाख ८० हजार रुपैंया ठगी गरेको उजुरि परेको प्रहरीले जनाएको छ।
ढकाललाई बुधबार अपराध महाशाखाबाट गएको प्रहरी टोलिले पक्राउ गरेको हो।
यस्तै, भारतमा अध्ययनमा लागि पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब पाँच लाख रुपैंया ठगी गरेका गन्तव्य एजुकेशन फाउन्डेशनका सञ्चालक पिताम्बर पन्तलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पन्तले भारत बेङ्लोरको हिल साइड कलेज अफ फार्मेसी एन्ड रिसर्च सेन्टरमा मा बि फार्मेसी पढ्न पठाइदिन्छु भनी सिमा थापाबाट रु १ लाख ९७ हजार र आशाराम यादवबाट गरी ३ लाख ९४ हजार ठगी गरेको प्रहरीले जनाएको छ।