म्यानपावर कार्यालयमा आगजनी गरेको अभियोगमा मोरङ पथरीया–१ घर भई भक्तपुर बस्ने २३ बर्षीय सोमनाथ नेपाललाई प्रहरीले पक्राउ गरेको छ । उनले सोमबार काठमाडौं महानगरपालिका–९ सिनामंगल स्थित मन्टेश म्यानपावरले आफुलाई विदेश उडाई दिन्छु भनी नउडाएपछि पेट्रोल छर्केर आगो लगाएका थिए ।
आगोले जलेर वैतडी घर भई कोटेश्वर बस्ने २४ वर्षीय केशव पन्त सहित ४ जना घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि नोवेल अस्पताल सिनामंगलमा लगिएको छ ।
आगलागीबाट म्यानपावरको कार्यालयमा रहेका करीव ३ लाख रुपैया वरावरको सामानहरु जलेर क्षति भएको छ । प्रहरीले स्थानिय बासिन्दाको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।