काठमाडौं सामखुसीमा बैकुण्ठ राना मगरको हत्या गरेर कतार गएका एक युवा नेपाल आउने वित्तिकै पक्राउ परेका छन् । रानीबारीका किकाश क्षेत्रीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । उनले २०६३ साल साउन १ गते आफ्नै साथी मगरको हत्या गरेका थिए ।
सामाखुसी रानीवारीचोकमा ६र७ जनाको समुहले फलामको पाताले प्रहार गरी घाईते बनाएकोमा मगरके उपचारको क्रममा मृत्यु भएको थियो । उनले रिसीइवीका कारण मगरको हत्या गरेका थिए । साथी राम कुमार थामीलाई खूकुरी प्रहार गरेको र बदला लिने उद्देश्यले मगरलाई प्रहार गरेको प्रहरीले जनाएको छ ।