ललितपुरको खोकनामा मनाइने जात्रामा क्रुरता पुर्वक पशु मारिएको भन्दै नेवा संस्कृति पूर्नजागरण समितिले त्यसलाई रोक गर्न माग गरेको छ ।
गाइजात्राका दिन मनाइने दें पुखु जात्रामा पोखरीमा बाख्राको पाठी फालेर तानातान गरेर मार्ने गरिएको भन्दै समितिले त्यसलाई रोक्न माग गरेको हो । स्थानीय सरकारी निकायले नै पाठी खरिद गर्न रकम उपलब्ध गराउने गरेको छ ।
सुरुवातमा पाठी पोखरीमा फालेर मार्ने प्रचलन नभएपनि पछिल्लो समय जात्रामा विकृति भित्रिएको समितिका सदस्य असोजकुमार महजएनले जानकारी दिए । नेपाल सम्बत ६३३ मा राजा अम्मर मल्लले खोकनामा देउता स्थापना गरेपछि जात्रा सुरु भएको किम्वदन्ति मानिन्छ ।
पछि राणाहरुले कोकनामा नेवारहरुको एकता देखेर त्यसलाई फुटाउन सो जात्रा मनाउने परिपाटी बसालेका थिए । हत्या, हिसां नगर्ने दिन भनेर चिनिने समयमा बाख्राको पाठीलाई क्रुरतापूर्वक मार्नु ठिक नभएको महर्जनले बताए । जात्रामा पाठी मार्नुको साटो त्यसको विकल्पका विषयमा छलफल गर्नुपर्ने उनले सुनाए ।